१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री पर्याप्त रहेको स्वास्थ्य मन्त्रालयको दाबी


0
Shares

काठमाडौं, जेठ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको उपचारका लागि हालसम्म ९२ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गरेको जनाएको छ ।

मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा सोमबार व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले ९२ करोडको स्वास्थ्य सामग्री आइसकेको र ६६ करोडको सामग्री खरिद प्रक्रियामा रहेको जानकारी दिए ।

मन्त्रालयले उपचारमा चाहिने सामग्री र परीक्षण किटहरु पनि मौज्दात रहेको दाबी पनि गरेको छ ।

जसमा ९२ हजारथान ‘पीपीई’, एक लाख ८० हजार ‘एन ९५’ मास्क, दुई लाख ७८ हजार पञ्जालगायतका आवश्यक सामग्रीहरु मौज्दात रहेको र केही खरिद प्रक्रियामा रहेको जनाएको हो ।

महाशाखा प्रमुख डोटेलले प्रादेशिक आपूर्ति केन्द्रमार्फत् प्रदेशहरुका अस्पतालहरुमा सामग्री वितरण गरिएको जानकारी दिए ।

हालसम्म ५४ हजारथान पीपीई, ५२ हजार एन ९५ मास्क, १० हजार सेनिटाइजरलगायतका सामग्री वितरण गरिएको उनले बताए ।