१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


होमियोप्याथिक औषधिले कोरोनाभाइरसको उपचार हुन्छ ?


0
Shares

सागर महर्जन (इमेज)

काठमाडौं, जेठ १२ । विश्वभर महामारीरुपमा फैलिरहेको कोरोनाभाइरसविरुद्ध विभिन्नखाले औषधिहरुको प्रयोग भइरहेको छ ।

नेपालमा पनि संक्रमितको संख्या बढ्दै जाँदा केही संघ–संस्थाले कोरोना उपचार तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भन्दै विभिन्न औषधिको प्रचार गर्ने गरेका छन् ।

नेपालमा पनि विभिन्न स्थानमा कोरोनाभाइरस रोकथामका लागि भन्दै केही संघ–संस्थाले होमियोप्याथिक औषधि ‘आर्सनिक एल्बम ३०’ वितरण गर्ने गरेका छन् । कतिपयले त उक्त औषधि निःशुल्करुपमा समेत वितरण गरिरहेका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले भने यही जेठ ११ गते सूचना प्रकाशित गर्दै आर्सनिक एल्बम ३० नामक होमियोप्याथिक औषधिले कोरोनाभाइरसको उपचार हुने भ्रममा नपर्न सचेत गराएको छ ।

उक्त औषधि तनाव, डर, छाती र घाँटी पोल्नेजस्ता लक्षण भएका बिरामीहरुका लागिमात्र उपयोगी हुने र स्वस्थ मान्छेले सेवन गर्दा नकारात्मक असर हुनसक्ने चेतावनी पनि दिइएको छ ।

यद्यपि, विभागले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आर्सनिक एल्बम ३० सहित ब्रानिया आल्बा, जेसेमियम, क्याम्फर र एकोनेक गरी पाँचओटा होमियोप्याथिक औषधि सिफारिस गरेको छ ।

यी औषधिहरु रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि प्रयोग गर्न सकिने भएपनि बिरामीको अवस्था हेरेर कुन औषधि दिने भन्ने निर्णय लिनुपर्ने होमियोप्याथिक चिकित्सक डा. विरोधकुमार महतोले बताए ।

कतिपय होमियोप्याथिक चिकित्सकहरुले ‘जेनर इपिडेमिक’ औषधि दिएर केही नभएका व्यक्तिलाई कोरोना लाग्नबाट बचाउने र प्रतिरोधात्मक शक्ति बढाउने भन्दै औषधि बाँड्ने गरेको र त्यसो नगर्न सचेत गराइएको छ ।

भिडियो हेर्नुहोस्