कैलाली, जेठ १२ । कैलालीको गौरीफन्टा नाकाबाट एक साताको अवधिमा १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये ११ हजारजनाको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।
सीमानाकाबाट प्रत्येक दिन हजारौंको भीड नेपाल प्रवेश गरेपनि स्थानीय प्रशासनसँग परीक्षण गर्ने किट नभएकाले परीक्षण हुन नसकेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ २ गतेदेखि ११ गतेको अवधिमा १२ हजार बढीको उद्धार गरेको जनाएको छ ।
नौ दिनमा १२ हजार २४३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्