कञ्चनपुर । दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ ।
स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा लगाइएको ताला खुलेको हो ।
पुललगायतका क्षेत्रमा दैनिक बिहान स्यानिटाइज गर्ने सहमति भएको वडाध्यक्ष लालबहादुर शाहीले बताए ।
नगरपालिका–१३ का बासिन्दाले भारतबाट फर्कने भित्रिन थालेपछि कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै पुलमा ताला लगाएका थिए ।









प्रतिक्रिया दिनुहोस्