
काठमाडौं । कोरोनाका थप ७२ जना नयाँ संक्रमित भेटिएका छन् ।
आज काठमाडौं, बाँके, कपिलवस्तु, रौतहट, सप्तरी, बारा, दैलेख र धनुषामा गरी ७२ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरमणि अधिकारीले जानकारी दिए ।
यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।
संक्रमितहरु धनुषाका तीन जना, कपिलवस्तुका तीन जना, काठमाडौंको टोखा र बुढानीलकण्ठका तीन जना, बारा कलैयाका दुई जना, रौतहटका २६ जना, सप्तरीका दुई जना, बर्दियाका एक जना, बाँकेका चार जना रहेका छन् । त्यस्तै बारा गढीमाईका २१ जना र दैलेखका सातजना रहेका छन् ।
उनीहरु १५ वर्षदेखि ५३ वर्ष भित्रका रहेका छन् । ७२ जनामध्ये एक महिला छिन् भने अरु सबै पुरुष रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्