
काठमाडौं, भदौ २ । ब्रह्मकुमारी विश्वज्योति गीता पाठशाला नख्खीपोट, ललितपुरले शनिबार बृहत् रक्तदानको आयोजना गर्यो ।
‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ गरिएको उक्त कार्यक्रममा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि, स्थानीयलगायत झन्डै २०० व्यक्तिले रक्तदान गरेका थिए ।
राजयोगीनी दादी प्रकाशमणिको ११औं स्मृतिमा रक्तदानको आयोजना गरिएको हो ।
यसैबीच, कार्यक्रममा धार्मिक गुरुहरुले आध्यात्मिक ज्ञानको आवश्यकता र यसको महत्वबारे सर्वसाधारणलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्