१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


बाँकेमा हालसम्म दुई हजार ४४० को स्वाब संकलनः नौ सय ४५ को नतिजा नेगेटिभ, एक सय ४२ को पोजेटिभ, एकको मृत्यु


0
Shares

काठमाडौं । बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ ।

कोरोना सङ्क्रमण अतिप्रभावित नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताए ।

डुडुवा, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाबाट स्वाब सङ्कलन गरिएको हो ।

बाँकेबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको १ सय ७५ जनासहित ३ सय ४६ जनाको स्वाबको परीक्षण नतिजा आउन बाँकी छ ।

बाँकेमा हालसम्म कोरोना परीक्षणका लागि दुई हजार ४४० जनाको स्वाब सङ्कलन गरिएको छ ।

सङ्कलित स्वाबमध्ये एक हजार ९५२ जनाको परीक्षण नतिजा नेगेटिभ तथा १४२ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

हालसम्म भारतबाट आएका व्यक्ति र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण देखा परेको छ ।

नरैनापुरमा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । २१ जना उपचारपछि निको भएका छन् ।