१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


चितवनमा उपचारका क्रममा एक बिरामीको मृत्यु, पीसीआर परीक्षणको रिपोर्ट आउन बांकी


0
Shares

भरतपुर । चितवनको भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु भएको छ ।

बुटवलबाट रिफर भएर आएका ४८ बर्षका पुरुषको कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।

राति साढे १२ बजेतिर गम्भिर अवस्थामा अस्पताल ल्याइएका उनको आज बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा छाती दुख्ने, वान्ता हुने, स्वास फेर्न ग्राहो हुने लगायतको समस्या देखिएको थियो ।

नवलपरासीको  रामग्राम–५ का उनलाई बुटवल सिटी अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि त्यहाँबाट भरतपुर रिफर गरिएको थियो ।

उनको कोरोना परीक्षणको लागि बुटबलमानै स्वाब संकलन भएको र रिपोर्ट आउन बांकी रहेको अस्पतालका चिकित्सक डा प्रमोद पौडेलले बताए ।