३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अमेरिका ‘राजनीतिक भाइरस’बाट संक्रमित भएको चिनियाँ विदेशमन्त्रीको टिप्पणी


0
Shares

एजेन्सी । चीनका विदेश मन्त्री वाङ्ग यीले कोरोना भाइरसलाई लिएर अमेरिकाले विश्वभर षड्यन्त्र तथा झुट फैलाइरहेको आरोप लगाएका छन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले अमेरिका ‘राजनीतिक भाइरस’ बाट संक्रमित भएको टिप्पणी गर्दै अमेरिकालाई समय बर्बाद नगर्न सुझाव दिए ।

कोरोना भाइरसविरुद्धको अभियान प्रभावकारी नहुँदा अमेरिकामा धेरै अमूल्य जीवनहरु गएकाले त्यस तर्फ ध्यान दिन विदेशमन्त्री वाङको आग्रह थियो ।

उनले अमेरिकाका केही राजनीतिज्ञ अमेरिका–चीन सम्बन्ध खराब बनाउन लागि परेको आरोप पनि लगाए ।

कोरोना महामारीलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको आलोचना गर्दै आएका छन् ।

उनले चीनले सूचना लुकाएको तथा बेलैमा उपयुक्त कदम नचालेका कारण अहिलेको अवस्था आएको आरोप लगाएका छन् । चीनले ती सबै आरोप अस्वीकार गर्दै आएको छ ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक नेता जो बाइडेनको सामना गर्न लागिरहेका ट्रम्पले अमेरिकामा कोरोना महामारी नियन्त्रण गर्न नसकेको आलोचना खेपिरहेका छन् ।