Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


प्रतिनिधिसभामा आइतबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने


312
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ ।

प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानूनलाई प्रस्तुत गर्ने भएको हाे।प्रतिनिधिसभाको आइतबार ११ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदीय प्रक्रियामा अघि बढ्ने भएको हो ।

प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने उल्लेख गरिएकाे छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभमा असार ३१ गते दर्ता भएको थियो । सोही विधेयकका कतिपय प्रावधानमा द्वन्द्व पीडितले असन्तुष्टि व्यक्त गरेका छन्। त्यसमा राखिएका व्यवस्थालाई संशोधन गर्नुपर्ने भन्दै उनीहरूले सरकारलाई मागपत्र बुझाएका छन् भने सडकमा प्रदर्शन समेत गरेका छन् ।