Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । 

 
 
 
 

आइतबार दिउँसो छिमेकी सुरेश स्याङ्बोको छोरा वर्ष १२ को बालकले आफ्नै घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी घरको पिढिमा लगी आयुषसँग मिलि खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्कीएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बन्दुक पड्किएर आयुष स्याङ्बोको पेटमा लागि घट्नास्थलमा नै मृत्यु भएको हो ।