सुर्खेत, जेठ ११ । लकडाउनक बीच कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ ।
बजेट अधिवेशनमा प्रदेशका अधिकांश सांसदहरुले सरकारले आफैले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
प्रदेश सभाको आजको बैठकमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जीवन बहादुर शाहीले सरकारले आफैले गरेको कोरोना भाइरस सम्बन्धि निर्णय समेत कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।
नेकपाका सांसद यामलाल कंडेलले पनि कोरोना भाइरस सम्बन्धि गरिएको लकडाउनको पालना गराउनसमेत असक्षम रहेको आरोप लगाए ।
कंडेलले बन्दाबन्दीलाई निश्चित मानिसहरूले कमाउने धन्दा बनाएको समेत बताए ।
कंडेलले सरकारसँग जोडिएका नजिकका मानिसहरूले अहिले उपकारका नाममा कमाउने धन्दा गरेको आरोपसमेत लगाए ।
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण अधिवेशन सामाजिक दुरी कायम गरेर सञ्चालन गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्