Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


लकडाउनमा साईपाल गाँउपालिकामा आधुनिक चुलो वितरण


0
Shares

बझाङ, जेठ ११ । लकडाउनको समयमा दाउराको खपत कम होस भन्ने उद्धेश्यले बझाङको साईपाल गाँउपालिकामा आधुनिक चुलो वितरण गरिएको छ ।

गत बर्ष १ सय १० घरधुरीलाई आधुनिक चुलो वितरण गरेको साईपाल गाँउपालिकाले यस बर्ष थप ५५ घर धुरीलाई आधुनिक चुलो वितरण गरेको हो ।

आधुनिक चुलो बितरण गरीएपछि स्थानीयले राहत महशुस गरेका छन् ।

दाउरा कम खपत हुने, धुवाँसमेत नहुने र खाना समेत छिटो पकाउन सकिने भएपछि उनीहरुलाई सजिलो भएको छ ।

यसै आर्थिक बर्षभित्र गाँउपालिकालाई धुवाँ मुक्त बनाउने उद्धे्रश्य रहेको गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए ।

गाँउपालिकाका पाँच वटै वडाभित्रका केही घर धुरीमा आधुनिक चुलो वितरण गरि प्रयोगमा आइसकेको छ ।