१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


मानिसको शरीरबाट कसरी हराउँछ भाइरस ?


0
Shares

-प्रज्ञा तिमल्सिना/ईमेज

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुलाई निको हुन औषतमा १९ दिन लाग्ने गरेको छ ।

कुनै उपचार प्रणाली, खोप र औषधी समेत पत्ता नलागेको भाइरस कसरी हराउँछ त मानिसको शरीरबाट ? यही समस्याले धेरैलाई पिरोल्ने गरेको छ ।

गत बैसाख ३० गते कोरोना भाइरस पोजेटिभ देखिएकी सुनसरी घर भएकी एक युवती जेष्ठ ९ गते डिस्चार्ज भइन ।

३० गते नै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएकी उनले १० दिनमा नै कोरोना भाइरस लाई पराजित गर्न सफल भइन् ।

तर सोही अस्पतालमा चैत्र १० गते भर्ना भएकी प्रसिद्धि श्रेष्ठ भने २८ दिनपछि मात्र डिस्चार्ज भइन् ।

संक्रमण निको हुन कुनै व्यक्तिलाई १० र कुनैलाई २८ दिन किन लाग्छ ? कसरी भाइरस मानिसको शरीरबाट हराउँछ  ? जनमानसमा उब्जिएको यो ठूलो प्रश्न हो ।

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणी दिक्षित मानिसको शरीरमा भाइरस प्रवेश गरेको १० देखि १२ दिनसम्म कडा खालको समस्या देखिन सक्ने बताउँछन् । 

तर शरिरमा कुनै रोग छैन् भने त्यो संक्रमण १५ दिनपछि विस्तारै हराउँदै जाने उनको भनाइ छ । त्यसको कारण हो शरिरमा रहेको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति ।

प्रतिरोधात्मक शक्तिले नै भाइरसलाई पराजित गर्छ र त्यो विस्तारै मानिसको शरीरबाट हराउँदै जान्छ ।

नेपालमा देखिएको कोरोना भाइरसले प्रजाती परिवर्तन गरेको हुनसक्ने डा. दिक्षित बताउँछन् । 

चीन, युरोपेली देश र भारतबाट नेपालमा आएका भाइरसहरुको प्रजाती फरक फरक भएका कारणले पनि निको हुन समय लागेको हुन सक्ने उनी बताउँछन् ।

यस्तै संक्रमणलाई जितेकाहरुले तातो पानी, कागती, वेसार, नुन पानी खाने गरेको जनाएका छन् ।

तर यि खानेकुराहरुले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउँछ कि बढाउदैन्, यी कुराको सेवन र कोरोना भाइरसबीच सम्बन्ध छ कि छैन भन्नेवारे डा. दिक्षितको बेग्लै भनाइ छ ।

कुनै व्यक्तिमा भाइरस संक्रमण भएको छ भने त्यसको २४ देखि ४८ घण्टापछि मात्र  पीसीआर परीक्षणमा पोजेटिभ देखिने गर्छ ।

एक पटक संक्रमण देखिएको व्यक्तिमा दोस्रो पटक संक्रमण देखिने सम्भावना कम हुने र संक्रमण देखिए पनि अरुलाई सार्न सक्ने सम्भावना पनि कम हुने वैज्ञानिकहरुको भनाइ छ ।