Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सांसदको लोगो परिमार्जन गर्ने निर्णय


0
Shares

काठमाडौं, जेठ ११ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीकचिह्न (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैै आएको प्रतीकचिह्नलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो)  र सांसदले लगाउँदै आएको प्रतीक परिमार्जन हुनेछ ।

बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ । रासस