रौतहट । निजगढमा अत्याधुनिक भेहिकल सेनिटाइजिङ्ग टनेल निर्माण भएको छ ।
जिल्लाका अन्य नगर तथा छिमेकी जिल्ला पर्सा, रौतहटमा संक्रमित बढदै जान थालेपछि पूर्व–पश्चिम राजमार्गको निजगढ प्रवेश गर्ने स्थान बकैयापुलमा अत्याधुनिक प्रविधिको अटोमेटिक सेन्सर भइ सवारी साधनको सेनिटाइजिङ्ग स्प्रे हुने टनेल निर्माण गरिएको हो ।
निजगढ नगरपालिका र खानी तथा क्रसर निर्माण व्यवसायी संघको सहकार्यमा प्रदेशकै पहिलो स्वचालित सेनिटाइजिङ्ग टनेल सञ्चालनमा आएको हो ।
टनेलले निजगढ नगरमा भेहिकलको माध्यमबाट भित्रन सक्ने भाइरसको संक्रमण न्युनिकरण गर्न मद्दत पुग्ने नगरप्रमुख सुरेशकुमार खनालले बताए ।
कोरोना भाइरस जुनसुकै वस्तुको माध्यमबाट सहजै सर्ने भएकाले भेहिकल सेनिटाइजिङ्ग टनेल निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्