१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना नभएको पुष्टि


0
Shares

बागलुङ । धौलागिरि अञ्चल अस्पताल बागलुङका स्वास्थ्यकर्मी सहित ४६ जनामा कोरोना नभएको पुष्टि भएको छ ।

संक्रमितको उपचारमा खटिएका अस्पतालका ४३ स्वास्थ्यकर्मी र रामरेखा क्वारेन्टाइनमा रहेका ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

उनीहरुको स्वाब परीक्षणका लागि शुक्रबार पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको थियो ।

अस्पतालमा बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवती र वडा नं.३ की ६५ वर्षीया वृद्धाको संक्रमण पुष्टि भएपछि उपचार गरिएको थियो ।