Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


चौकीदार राख्ने विषयमा डिल्लीबजार कारागारमा विवाद, कारागारभित्रै नाराबाजी


0
Shares

काठमाडौं । काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आइतबार बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको राससलाई बताए ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ । 

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।रासस