बझाङ । थलारा गाँउपालिकास्थित शारदा उच्च माध्यमिक विद्यालयको क्वारेनटाइनमा बसेका युवाहरुले विद्यालयको प्राङगणमा पर्खाल लगाएका छन् ।
लामो समय भारतका विभिन्न क्वारेन्टाइनमा बसेर आएका उनीहरुले यहाँको क्वारेन्टाइनमा बस्दा केही सकारात्मक काम गर्नु पर्छ भन्दै पर्खाल लगाएका हुन् ।
साथै विद्यालयमा चर्पीसमेत पुन निर्माण गर्ने बताएका छन् । पर्याप्त मात्रामा औजार नभएका कारण भनेजति काम गर्न नसकिएको र औजारको माग गरिएको उनीहरुले बताएका छन् ।
भारतको रामपुरमा अलपत्र परेका उनीहरुलाई एक हप्ताअघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्