Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


भारत तथा छिमेकी जिल्लाबाट ८ सय २ अर्घाखाँची भित्रिए


0
Shares

अर्घाखाँची । पछिल्लो हप्तामा भारत तथा छिमेकी जिल्लाबाट आउनेको संख्या ८ सय २ पुगेको छ ।

रोजगारीका लागि भारत गएका नागरिक गृह जिल्लामा आएका हुन् भने यता छिमेकी जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढेपछि छिमेकी जिल्लाबाट पनि आउने गरेको पाइएको छ ।

हिजो मात्र ३ सय १४ जना कृष्णनगर र बेलहिया नाका हुँदैं प्रवेश गरेका छन् । उनीहरुलाई सम्बन्धित पालिकाको पहलमा बस तथा अन्य साधनबाट गृह जिल्ला भित्र्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

उनीहरु सबैलाई सम्बन्धित पालिकाले निर्माण गरेको क्वारेन्टाइामा राखिएको छ ।