१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


डडेल्धुरा अस्पतालका चार चिकित्सक क्वारेन्टाइनमा


0
Shares

डडेल्धुरा । डडेल्धुरा अस्पतालका चार चिकित्सकलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालमा उपचार गराउन आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

स्क्रब टाइफसको उपचार गराउन आएका परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकलाई स्क्रव टाइफसको उपचार गरि घर फर्काइए पनि शुक्रबार मात्र परीक्षण प्रतिवेदनले कोरोना पुष्टि गरेको हो ।

कोरोनाको संक्रमण पुष्टि भएका युवकलाई संक्रमणको पुष्टिसँगै स्वाब संकलनमा खटिएका चिकित्सक र अन्य स्टाफहरूलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए । ।