
बैतडी, जेठ १० । बैतडीका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु शिवनाथ गाउँपालिकाका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बैतडीका चारजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।
उनीहरु यसै साता गौरीफन्टा नाका हुँदै भारतबाट स्वदेश फर्किएका हुन् ।
नाकामा चेकजाँच गर्दा ‘आरडीटी पोजिटिभ रिपोर्ट’ आएका उनीहरुको ‘पीसीआर’ रिपोर्ट पनि पोजिटिभ आएको हो ।
उनीहरु भारतको मुम्बईबाट आएको बुझिएको छ ।
संक्रमित युवकहरु धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ‘आइसोलेसन’मा छन् ।
योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्