१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सुर्खेतका तीनजनामा कोरोना ‘पोजिटिभ’, तीनैजना भारतबाट आएका


0
Shares

सुर्खेत, जेठ १० । सुर्खेतमा पहिलोपटक तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा गरिएको ‘पीसीआर’ परीक्षण रिपोर्ट शंकास्पद देखिएपछि नेपालगन्जमा दोहोर्‍याएर परीक्षण गर्दा शनिबार ‘पोजिटिभ रिपोर्ट’ आएको हो ।

सुर्खेतमा फेला परेका तीनजना कोरोना संक्रमितहरु भारतबाट आएका हुन् ।

सुर्खेतको बराहताल गाउँपालिकाका दुईजना र चौकुने गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको र उनीहरु हालै भारतबाट आएको जानकारी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दिए ।

सुर्खेतमा गरिएको पीसीआर परीक्षण शंकास्पद आएपछि उनीहरुको स्वाबको नमुना पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो । नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणसमेत पोजिटिभ आएको हो ।

तीनजनामा कोरोना संक्रमण देखिएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या चार पुगेको छ ।

यसअघि, दैलेखको आठबीस नगरपालिकाका एकजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।