कैलाली । कैलालीको जानकी गाउँपालिकामा कोरोना संक्रमित देखिएपछि प्रशासनले टीकापुरमा लकडाउनमा कडाइ गरेको छ ।
जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो । टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ ।
संक्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका–७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।
संक्रमण पुष्टि भएका मोतीनगर र जवलपुरका दुई युवामध्ये मोतीनगरका युवाको टीकापुर र मोतिनगरमा धेरै मानिससँग सम्पर्क भएको देखिएको भट्टले बताए ।
संक्रमित तीनै जनाको टीकापुर अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु भएको छ ।









प्रतिक्रिया दिनुहोस्