
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न समयमा संकलन गरेर परीक्षण गरिएका दुईहजार ७५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब संकलन कार्यलाई तीव्रता दिइएको प्रतिष्ठान जुम्लाका निर्देशक डा मङ्गल रावतले बताए ।
प्रतिक्रिया दिनुहोस्