२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


प्रभासको फिल्म ‘सालार’ र ऋतिकको ‘फाइटर’ एकैदिन रिलिज


1.521k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ र बलिउड अभिनेता ऋतिक रोशनको ‘फाइटर’ एकैदिन रिलिज हुने भएको छ । यी दुवै फिल्म अर्को वर्षको सेप्टेम्बरमा एकै दिन रिलिज हुँदैछन् ।

पछिल्ला वर्षहरूमा साउथ सिनेमा बलिउडमा भारी देखिएको छ, जसका कारण बलिउड र साउथ फिल्म इन्डस्ट्रीका स्टारहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को रिलिज मिति घोषणा गरिएको छ, त्यसपछि प्रभास र उनको फिल्म सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेको छ ।

प्रभासको ‘सालार’ र ऋतिकको ‘फाइटर’ आगामी वर्ष २३ सेप्टेम्बर २०२३ मा एकै दिन रिलिज हुँदैछन् । वास्तवमा दुवै कलाकारको फ्यान फलोइङ निकै बलियो भएकाले यी दुईबीच कडा प्रतिस्पर्धा हुने भारतीय सञ्चार माध्यामले जनाएको छ ।

यसबाहेक, बाइकट बलिउड ट्रेंडलाई ध्यानमा राख्दै, ऋतिक रोशनका लागि बक्स अफिसमा ‘सालार’ को सामना गर्नु निकै चुनौतीपूर्ण हुन सक्छ । ऋतिकको अन्तिम फिल्म २०१९ मा ‘वार’ थियो, त्यसैले लामो प्रतिक्षापछि उनको दोस्रो फिल्म बक्स अफिसमा आउन तयार भएको छ ।

प्रभासले फिल्म ‘बाहुबली’ र फिल्म ‘बाहुबली २’ को सफलता पछि खासै उत्कृष्ट फिल्म दिन भने सकेका छैनन् । ‘बाहुबली’ पछि प्रभासका फिल्म ‘साहो’, ‘राधे–श्याम’ले औसत प्रदर्शन गरेका थिए ।