Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कोरोना विजेतालाई गाउँमा भब्य स्वागत


0
Shares

नेपालगन्ज । एक्काइस सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरेर घर फर्किँदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ ।

बाइसौँ दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा नेपालगञ्जको पहिलो कोरोना खतरा क्षेत्र बन्न पुगेको जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए ।

टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको स्थानीयवासी नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताए ।

एकैसाथ धेरै सङ्क्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किँदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उनको भनाइ थियो । 

शुक्रबार मात्रै नेपालगञ्ज उपमहानगर–८ जोलाहनपुरवाका २१ जना कोरोना संक्रमित कोरोनालाई परास्त गर्दै घर फर्किएका थिए ।

 उनीहरुलाई भेरी अस्पतालको स्वास्थ्यकर्मी सहितको टिमले अस्पतालबाट फुलको बुके दिएर बिदा गरिएको थियो ।