म्याग्दी, जेठ ९ । नेपाल–भारत सिमानामा अलपत्र परेका म्याग्दीका स्थानीयहरुलाई जिल्ला फर्काउन थालिएको छ ।
भारतको नौतनवा नाकामा अलपत्र परेका ११ जनालाई शुक्रबार जिल्ला प्रवेश गराइएको छ ।
उनीहरुलाई बेनीको वेस्ट प्वाइन्ट आवासीय माविको ‘क्वारेन्टाइन’मा राखिएको छ ।
नेपाल–भारतका विभिन्न सीमानाकाहरुमा अझैपनि ६० जनाभन्दा बढी म्याग्दीका स्थानीय बासिन्दा अलपत्र परेका छन् ।
उनीहरुलाई जिल्लामा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
उनीहरुलाई राख्न बेनीबजारस्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्वयंसेवक युवाहरुलाई परीचालन गरिएको छ ।
जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भारतबाट फर्किएका म्याग्देलीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।









प्रतिक्रिया दिनुहोस्