Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


कोरोनाको पहिलो ‘भर्चुअल’ कला यात्रा


0
Shares

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, जेठ ९ । कलाकारका लागि सिर्जना जीवन हो । कोरोनाका कारण सिर्जित ‘लकडाउन’को सदुपयोग गर्दै नेपाली कलाकारहरु कला रचनामा व्यस्त छन् ।

सिर्जनालाई कला अनुरागीसमक्ष पुर्‍याउन नेपालमा पहिलेपटक ‘भर्चुअल’ कला अनलाइन प्रदर्शनी भइरहेको छ ।

‘तपाईंले कल्पना गर्नसक्ने सबै वास्तविक छ ।’ यो भनाइ हो, महान् कलाकार पाब्लो पिकासोको ।

यही भनाइलाई आत्मसात् गर्दै कलाकारहरुले जुनसुकै परिस्थितिमा पनि सिर्जना गरिरहेका हुन्छन् । कलाको महत्व कलापारखीविना अपुरो छ ।

तसर्थ, कलापारखी र अनुरागीहरुको माझ पुर्‍याउन म्युजियम अफ नेपाली आर्टले नेपालमा पहिलोपटक ‘ट्रान्जेस्नल स्ट्रेस’ शीर्षकमा भर्चुअल कला प्रदर्शनी गरिरहेको छ ।

प्रदर्शनीमा कोरोना र लकडाउनसम्बन्धी १९ जना कलाकारहरुका चित्रकला रहेका छन् ।

कोरोना संक्रमणबाट विश्व आक्रान्त भइरहँदा नेपालका कलाकारहरु कोरोना र लकडाउनकै विषयवस्तु समेटेर कला सिर्जनामा व्यस्त छन् ।

म्युजियम अफ नेपाली आर्टका निर्देशक राजन शाक्यले अहिलेको विषम अवस्थालाई सकारात्मकरुपमा लिनुपर्ने सन्देश दिन र नेपाली कलाकारको कलालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन प्रदर्शनी गरेको बताए ।

युवा कलाकार सागर मानन्धर लकडाउनलाई सदुपयोग गर्न र कोरोना संक्रमणलाई सकारात्मकरुपमा कला सिर्जनामार्फत् व्यक्त गरेको बताउँछन् ।

कोरोनाको संक्रमणले पक्कै पनि अहिले हाम्रो जीवनमा धेरै नयाँ रेखाहरु निर्माण गरेको छ । हाम्रो भावना, आक्रोश, त्रास र आस्था कुनै न कुनै रुपमा व्यक्त भएको पनि छ ।

तसर्थ, अदृश्य भविष्य, असुरक्षा र अनिश्चितताको भावलाई नियन्त्रित गरी वर्तमानमा बाँच्नसके सबैको कल्याण हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्