३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नवलपुरमा संस्कृति र कला संरक्षणकाे अभियान सुरू


117
Shares

नवलपुर । नवलपुरमा परम्परा र जातीय संस्कृतिको पहिचान र संरक्षण गर्ने अभियान सुरू गरिएको छ ।

कला, भेषभूषा र जातीय पहिचान लोप हुन थालेपछि उन्नति कल्चरल भिलेज स्थापना गरिएको हाे । युवा पीढीले आफ्नो जातिय पहिचान संरक्षण गर्न नसकी रहेको अवस्थामा यसले संरक्षणको कामलाई अगाडि बढाउने देखिन्छ ।

उन्नति कल्चरमा जातीय पर्व, परापूर्वकालमा रहेका संस्कृतिको अवलोकन र त्यस विषयमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । चौधरी ग्रुपले स्थापना गरेको कल्चरल भिलेजमा विशेष गरी थारू संस्कृति झल्काउने चित्रकला, खाना, अतिथिगृह र कोठाहरूको संरक्षण गरिएको छ ।

यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ । भरतपुरबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् र क्राफ्ट, कल्चर, गेष्ट स्पेस र एक्पिरियन्स लगायतका कम्पोनेन्टहरू रहेका छन् । उन्नति कल्चरका हरि अधिकारीले आर्टस् र क्राफ्ट अन्तर्गत आर्ट ग्यालरी, रंगमञ्च ,बाटिका, नेचर वकवेज, क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट र दि एटिलियर जस्ता धेरै विषयहरू समेटिएका छन् ।

विशेष गरी भिलेजमा माटोबाट बनेका भाडा, मूर्ती तथा चित्रकला सिक्नेहरुका लागि उपयूक्त गन्तव्य बनेको देखिन्छ । देशका विभिन्न स्थानबाट चित्रकला सिक्न र आफूले जानेको कला प्रस्तुत गर्न सक्ने थलोको रुपमा विद्यार्थीहरू मात्र नभई शिक्षकहरूलाई समेत अहिले उन्नति कल्चरल भिलेजले बालबालिकाहरूलाई प्रयोगात्मक रूपमा देखाउन र सिकाउन पाउँदा अध्यापन गरउन सहज भएको देखिन्छ । सिक्न र सिकाउन चाहनेका लागि सहज गन्तव्य भएको सोमनजित एकेडेमीकाका शिक्षकहरुको अनुभव छ ।

कल्चर अन्तर्गत थारू गाउँ, खुल्ला भान्सा, गदला मोद रहेका छन् । गेष्ट स्पेस अन्तर्गत कला घर, आर्ट होटल, बोधि कुञ्ज, आर्ट रेसिडेन्सी, दोहोरी, थारू घर, रहेका छन् । एक्पिरियन्स अन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् । सांस्कृतिक दृष्टिकोणले नियाल्दा यसले थारु गाउँको झझल्को गराउँछ ।

निजी क्षेत्रले संञ्चालनमा ल्याएका यस्ता जातीय पहिचानका विषय युवा पीढीका लागि सिकाई केन्द्र बन्दै गएको देखिन्छ । लोप हुन लागेका विभिन्न जातिका धर्म, संस्कृति र कला एकै स्थानमा अवलोकन गर्नकै लागि आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको देखिन्छ ।