काठमाडौं । कोरोना संक्रमण देखिएपछि सरकारले जारी गरेको लकडाउन दुई महिना पुगेको छ ।
गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो ।
पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ ।
सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रो पटक पुनः एक साता थप गरी चैत २५ गतेसम्म पुर्याइएको थियो ।
त्यसलाई निरन्तरता दिँदै तेस्रो पटक वैशाख ३ गतेसम्म लकडाउन लम्बिएको थियो ।
त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गतेसम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन गरियो ।
छैटौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउनको समयावधी लम्ब्याइएको हो ।
पछिल्लो पटक लकडाउनको अवधि थप गर्दा काठमाडौं उपत्यका भित्र टाइमकार्ड लागू गरी लकडाउनलाई केही खुकुलो बनाएको थियो ।
तर कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि सरकारले फेरि लकडाउनलाई कडाई गरेको थियो ।
लकडाउनकै कारण मुलुकका विभिन्न स्थानमा अड्किएका आफ्ना नागरिकलाई उद्धार गरेर विभिन्न देशले चार्टड विमानमार्फत स्वदेश फिर्ता लगेका छन् ।









प्रतिक्रिया दिनुहोस्