Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


‘मोडल हन्ट नेपाल २०२२’ को उपाधि विवेक र मोनिकाले जिते


338
Shares

काठमाडौं । ’जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि काठमाडौंका २० वर्षीय विवेक खड्गी र नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारीले हात पारेका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फ र २६ प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी महिलातर्फको विजेता बनेका हुन् । उपाधिसहित दुबै जनाले ५ लाख बराबरको उपहार जितेका छन् । साथै आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ’सुपर मोडल इन्टरनेशनल’मा अधिकारीले र ’मिस्टर अटुरिजम वर्ल्ड’ मा खड्गीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

’जोय मोडल हन्ट नेपाल’ले आयोजना गरेको प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फर्स्ट रनर अप स्मृति श्रेष्ठ र सुरज गोयंका सेकेन्ड रनर अप भएका थिए।

प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ (मिस्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पूर्वमिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फस्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तर्राष्ट्रिय कोरियोग्राफर), राजभाइ सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकका अध्यक्ष ) रहेका थिए । मोडल हन्ट नेपालको यो सातौं संस्करण हो ।