३० असार २०८२, सोमबार | Tue Jul 15 2025


बीमा विधेयक पारित


247
Shares

काठमाडौं । प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

प्रतिनिधि सभा बैठक जारी छ । हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।