नवनियुक्त मन्त्री शाहीले लिए सपथ « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


नवनियुक्त मन्त्री शाहीले लिए सपथ


455
Shares

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त हुनुभएको छ ।

उहाँलाई आइतबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । नवनियुक्तमन्त्री शाही डोल्पाबाट निर्वाचित सांसद हुनुहुन्छ ।

यसअघि २०७८ माघ २३ गते नियुक्त हुनुभएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गतेखि सकिएपछि उहाँको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो ।