१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स


39
Shares

काठमाडौं । कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका–१३ रुँगामा दुर्घटना भयो । दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए ।

सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ । मर्मतमा कसैको ध्यान पुगेको छैन ।

मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गर्‍यो । पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ ।

प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन पालनामा नगरपालिकाले अटेर गरेको छ । नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न निर्देशन भए पनि त्यसको पालना गर्न नसकिएको बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।