१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


झापामा कोराना संक्रमितको संख्या २७ पुग्यो, झापा प्रदेश नम्बर १ कै ‘डेन्जरजोन’मा


0
Shares

झापा । झापामा कोराना संक्रमितको संख्या २७ पुगेको छ । जिल्लाको कचनकवल गाउँपालिकामा मात्रै संकमितको संख्या २५ पुगेको छ ।

भारतका विभिन्न स्थानबाट मङ्गलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो ।

पालिकामा सङ्क्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टाइनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको संख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा,प्रदेशको ‘डेन्जरजोन’मा परेको हो ।