१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


डडेल्धुरामा रगतको अभाव


0
Shares

डडेल्धुरा, जेठ ७ । डडेल्धुरामा रगतको अभाव भएको छ ।

‘लकडाउन’का कारण रगत संकलन गर्न नसक्दा डडेल्धुरामा रगतको अभाव भएको हो ।

डडेल्धुराको रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव हुँदा डडेल्धुरा अस्पतालमा बैतडी, दार्चुला, बझाङ, डोटीलगायतका जिल्लाबाट आउने बिरामी पनि समस्यामा परेका छन् ।

गर्भवती महिलाहरुको शल्यक्रिया गर्दा समस्या हुने गरेकाले रगत संकलन आवश्यक रहेको अस्पतालले जनाएको छ ।

बिरामीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्थानीय स्वयंसेवकले रगत दिँदै आएका छन् ।