
बुटवल । नेपालमा कोरोना भाइरसका कारण गुल्मीका संक्रमित पुरुषको मृत्यु भएको भनि आएका समाचारहरु सत्य नभएको अस्पतालले जनाएको छ ।
गुल्मी जिल्लाको मदाने–६ का ४१ बर्षीय पुरुषको मृत्यु भएको समाचारहरु बाहिरिएपछि अस्पतालले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो । आधिकारिक हस्ताक्षर बिनै निकालिएको विज्ञप्तिमा मृत्युको हल्ला गलत भन्दै गम्भीर अवस्थाका विरामी उनलाई आईसीयूमा उपचार भइरहेको जनाइएको छ ।
बुटवलस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।
भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो ।
पेशाले शिक्षक रहेका उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट संक्रमण सरेको आशंका गरिएको छ ।
अस्तालका सञ्चालक दुर्गा पाण्डेले उनको मृत्यु नभएको दावी गरेका छन् । यता स्वास्थ्य मन्त्रालयका आधिकारीक धारणा आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्