काठमाडौं । नेपालको भूभाग लिपुलेकमा भारतीय पक्षले सडक विस्तार गरेपछि नेपालीहरु भारत विरोधी अभियानमा छन् ।
सामाजिक संजालहरुमा लाखौं नेपालीहरुले भारतको कदमको विरोध मात्र गरिरहेका छैनन सरकारको आलोचना पनि गरिरहेका छन् ।
सरकारले कालापानी, लिपुलेक, लिम्पीयाधुरासहित अतिक्रमित भूभाग समेटिएको नयाँ नक्सा पारित गरेपनि नेपालीको अभियान मत्थर हुन सकेको छैन ।
तर यता एउटा वेभ सिरिज (शृंखला)मा नेपाली महिलामाथि गरिएको अंशले भित्रभित्रै विरोधको आगो सल्किरहेको छ ।
बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको वेभ सिरिज (शृंखला) ‘पाताल लोक’मा नेपाली महिलामाथि अपशब्द प्रयोग भएको भन्दै सामाजिक संजाल रन्किएको हो ।
विशेषतः कला र मनोरन्जन क्षेत्रका महिलाहरु उक्त शब्दलाई नेपालीमाथि भारतीयको हेपाहा प्रबृत्ति भनेर कडा रुपमा विरोध जनाइरहेका छन् ।
यसै साताबाट अमेजन प्राइम भिडियोमा प्रसारण हुँदै आएको उक्त सिरिज अमेजन प्राइमका लागि अुनष्काले बनाएकी हुन ।
उक्त भिडियोमा एक प्रहरी स्टेसनभित्र महिला प्रहरीले नेपाली महिलालाई अपशब्द अर्थात अश्लिल गाली गरिएको छ ।
सोही विषयलाई लिएर लाखौं नेपालीहरुले सामाजिक संजालमार्फत ‘बाइ कट अनुष्का’,‘सिरिज बन्द गर’ जस्ता नारा चर्काएका छन् ।
शृंखलामा कलाकारहरूले बोलेको अपशब्दको नेपाली कलाकारहरुले चर्को विरोध जनाइरहेका छन ।
विशेषत नेपाली नायिकाहरुले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । उनीहरुले स्वाभीमान नेपालीहरुलाई होच्याइएको उनीहरुको भनाइ छ ।
त्यतिमात्र होइन वेभ रिलिजलाई रोकेर निर्माता निर्देशकलाई कारबाहीसमेत गर्नुपर्ने माग अभिनेत्रीहरूले उठाएका छन् ।
नेपाली नायिकाहरु रेखा थापा, केकी अधिकारी, सरिता लामिछाने, ऋचा शर्मालगायत थुप्रै कलाकारहरुले उक्त सिरिज बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।
नायिकाहरुले सिरिजमा नेपालीलाई गरिएको गाली माफीयोग्य नभएको बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्