१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


कपिलवस्तुमा भेटिए थप १२ जना कोरोना संक्रमित


0
Shares

कपिलवस्तु ।  महराजगञ्ज नगरपालिकामा आज १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

महराजगञ्जको सिसवा स्वास्थ्य चौकीमा संकलन गरिएको उनीहरुको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । आज भेटिएका १२ जनामध्ये महराजगंजका ९ जना र विजयनगर गाउँपालिकाका ३ जना रहेका छन् ।

उनीहरु विजयनगरको जुटपानीको क्वारेन्टाइनमा बसेका थिए । भेटिएका सबै भारतबाट आएका व्यक्तिहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।