सुटिङकाे क्रममा तब्बु घाइते, सिसाकाे टुक्रा आँखामा « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


सुटिङकाे क्रममा तब्बु घाइते, सिसाकाे टुक्रा आँखामा


2.535k
Shares

एजेन्सी । बलिउड अभिनेत्री तब्बु फिल्म सुटिङकाे क्रममा घाइते भएकी छन् ।

निडर प्रहरी अफिसरको भूमिकामा देखिन लागेकाे फिल्म ‘भोला’काे एक एक्सन दृश्य छायाङ्कनकाे क्रममा उनलाई चोट लागेको हाे ।

सुटिङका लागि तब्बुले घना जङ्गलमा ट्रक चलाएकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका थिए ।

ट्रकसँग मोटरसाइकल ठोकिने क्रममा सिसाको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा रहेका स्वास्थ्यकर्मीले चोट गम्भीर नभएको बताएका छन् ।

तब्बुलाई चोट लागेपछि निर्देशक अजय देवगनले उनलाई केही दिनका लागि सेटबाट छुट्टी दिएका छन् ।

अजयको फिल्ममा तब्बु प्रहरी अफिसरको भूमिकामा देखिने यो पहिलो पटक भने होइन । यसअघि उनी ‘दृश्यम’ मा प्रहरी अफिसरको भूमिकामा देखिएकी थिइन् ।

फिल्म ‘भोला’ दक्षिण भारतीय फिल्म ‘कैथी’ को हिन्दी रिमेक हो ।