बारा । डिभिजन वन कार्यालय बाराले ठूलो परिमाणमा काठ बरामद गरको छ ।
सशस्त्र प्रहरी र वन रक्षकसहितको टोलीले सर्च अभियान थालेसँगै कोल्हवी नगरपालिका–५ ककडी नयाँटोल एउटै गाउँबाट ५ हजार बढी क्युवफिट साल, सिसौको गोलाई र चिरान काठ बरामद गरेको छ ।
लकडाउनसँगै जिल्लाका ग्रामीण क्षेत्र विशेष गरी जंगलसँगै जोडिएका बस्तीमा भारत लगायतका देशबाट फर्केकाहरुले तस्करी गर्न थालेपछि सर्च अभियान थालिएको बताइएको छ ।
उक्त टोलका अधिकांश परिवारले नजिकैको जंगलबाट काठ चोरेर घरको गोठ, आँगन, बारीमा लुकाएर राखेको अवस्थामा सर्च टोलीले काठ बरामद गरेको थियोे ।
वास्तविक परिमाणको आधारमा काठ बरामद भएका घरहरुको छानबिन र अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।
बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्