१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ


0
Shares

रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

रोल्पा अस्पतालका अनुसार लामो समयदेखि मृगौला रोगबाट पीडित रोल्पा नगरपालिका १ सानो लिबाङका एक युवाको सोमबार मृत्यु भएको थियो ।

२२ वर्षीय युवक काठमाडौंको त्रिवि शिक्षण अस्पतालबाट मृगौलाको डाइलासिस गराएर घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवकलाई घर नलगेर अस्पताल लगेका थिए ।

आईसोलेसनमै रहेका बेला युवकको मृत्यु भएको थियो ।

हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकोमा १९ जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।