Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


‘इन्डियन पुलिस फोर्स’को सुटिङका ​​क्रममा शिल्पा घाइते


728
Shares

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीको ‘इन्डियन पुलिस फोर्स’ वेव सिरिजको सुटिङका ​​क्रममा खुट्टा भाँचिएको छ ।

शिल्पाले अस्पतालबाट आफ्नो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । जसमा उनी ह्वील चेयरमा बसेकी छन् । शिल्पाको आगामी वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका ​​क्रममा उनको देब्रे खुट्टा भाँचिएको हो ।

सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘रोल, क्यामरा र एक्सन भन्दा मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिनँ। तर जब फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु। तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला प्रार्थनाले सबै राम्रो हुनेछ ।’

निर्देशक रोहित शेट्टीद्वारा निर्देशित यो सिरिजमा शिल्पा शेट्टीका अलावा सिद्धार्थ मल्होत्रा, विवेक ओबेरोय र निकितिन धीर मुख्य भूमिकामा रहेका छन् । रोहित शेट्टीको निर्देशनमा बनेको ओटीटी डेब्यु सिरिज हो।