युवा जनस्वयमसेवक नेपालले बुझायो प्रधानमन्त्री देउवालाई ३५ बुँदे माग « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


युवा जनस्वयमसेवक नेपालले बुझायो प्रधानमन्त्री देउवालाई ३५ बुँदे माग


78
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन युवा जनस्वयमसेवक, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ बुँदे मागपत्र पेस गरेको छ ।

राष्ट्र, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित समस्याहरू लिएर युवा जनस्वयमसेवक, नेपाल केन्द्रिय समितिले बुधबार मागपत्र पेस गरेको हो ।

देशमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र, मिटरब्याज आतंक, घुसखोरी, दलाली, महिला हिंसा, जातका आधारमा भएका हिंसा विरुद्धमा मागपत्र पेस गरिएको छ । जनप्रतिनिधिहरूको तलबभत्ता सेवा सुविधा आतंक विरुद्धमा समेत मागपत्र पेस गरेको छ ।

प्रधानमन्त्री देउवाले सम्भव भएका मागलाई चाँडो पुरा गर्ने र नीतिगत मागहरुलाई छलफलद्वारा टुंग्याउने प्रतिवद्धता जाहेर गुर्नभएको हो । साथै युवा जनस्वयमसेवक, नेपालले पेस गरेको मिटरब्याजीविरुद्ध कानूनी कारवाही गर्ने सवालमा प्रधानमन्त्री देउवाले कारवाही गरिने बताउनुभयो ।

युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष हरिशको नेतृत्वको टोलिले प्रधानमन्त्री शेरबहादुर देउवालाई समसामयिक विषय समेटिएको ३५ बुँदे मागपत्र पेस गरेको हो ।