Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


अर्घाखाँचीका नाका बन्द


0
Shares

अर्घाखाँची, जेठ ६ । छिमेकी जिल्लामा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि  अर्घाखाँचीसँग सीमा जोडिएका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै नाका बन्द गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाका अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

कपिलवस्तुसँगको पत्थरकोट, पाल्पाको तीनगीरे, गुल्मीका नेटा र सौतामारे, प्युठानको ढाकावाङलगायत क्षेत्र बन्द भएका छन् ।

बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था बन्द गर्ने निर्णय  गरेको छ । त्यस्तै तरकारी, दूध, किराना र मासु पसल बिहान ७ देखि १० बजेसम्म खोलिने छ ।

अहिलेसम्म  जिल्लामा कोरोना सङ्क्रमित फेला नपरे पनि भारतलगायत  मुलुकबाट आएर क्वारेन्टिनमा बस्ने १५० हाराहारीमा भएको बताइएको छ । रासस