Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एमालेले भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने


78
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आगामी भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

विभागले तय गरेको वार्षिक कार्ययोजना अन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई ३ दिने प्रशिक्षण दिइने उल्लेख गरिएकाे छ ।

पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्सवादी दर्शन, पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद, समृद्ध नेपालको निर्माण, पार्टीको १० औं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो ।

विभागले आगामी पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने गरी बनाएको योजनालाई चाँडै अन्तिम रूप दिने भएकाे छ ।