
वीरगन्ज । नेपालमा लक्षण विनाको कोरोना संक्रमणले अझ चुनौती थपिएको छ ।.
वीरगञ्ज कोरोना रोग सक्रमणको इपीसेन्टर बन्दै गएको छ । वीरगञ्जमा सरकारले कोरोना परीक्षणमा गम्भिरता नदेखाउँदा एक महिनामै वीरगन्जको विभिन्न वडामा संक्रमितको संख्या वढेको छ ।
वैशाख ४ गते वीरगंज ३ छपकैयामा एकजना सफाइ कर्मचारीमा कोरोना संक्रमण देखियो ।
त्यसको एक साता लगत्तै वैशाख २ गते वडा नं ३ कै ३६ वर्षीय युवकमा संक्रमण फेला प¥यो ।
त्यसको तीन दिनपछि वैशाख २४ एकै परिवारका सात जना सदस्यहरुमा पनि संक्रमण पुष्टि भएको थियो ।
त्यसको भोलिपल्ट वैशाख २५ गते ६६ वर्षीय पुरुष संक्रमित फेला परे ।
बीरगन्ज वडा न ३ मा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका ६ जनाको स्वाब नमुना अझै सङ्कलन भएको छैन ।
उनीहरूको क्रियाकलापबारे पनि कसैले चासो राखेका छैनन् । संक्रमित फेला परी सक्दा पनि राज्यबाट तदारुक्ता नदेखाएको गुनसो वडावासीहरुले गर्न थालेका छन् ।
हेलचेक्र्याईका कारणले विरगञ्जमा अवस्था विग्रदै गइरहेको नारायणी अस्पतालका चिकित्सक उदयनारायण सिंह बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्