नरदेविबाट हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


नरदेविबाट हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ


676
Shares

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा भारतका राजु अग्रवाल, सिन्धुपाल्चोकका रामहरी दुलाल, रौटहट चन्द्रपुरका सुदीप आचार्य रहेका छन ।

प्रहरीले उनीहरुलाई काठमाडौंको नरदेविबाट श्रोत नखुलेको ७४ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको चेक बरामद गरिएकोे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता कृष्ण कुमार कोइरालाले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर पठाइएको छ ।