Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक : शंकर पोखरेल


65
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ ।

आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकीर गर्दै महासचिव पोखरेलले बताउनुभयो ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भएपनि चुनावमा गठबन्धन गरेर जाने कुरा भने हुने नगरेको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाउनुभयो ।

महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।